मकवानपुरबाट २ गैरआवसीय नागरिकले लिए नागरिकता

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार ०७:३९

मकवानपुर ।­ मकवानपुरबाट २ जना गैरआवसिय नगरिकहरुले नेपाली नागरिकता लिएका छन् । मकवानपुरमा पहिलो पटक २ जना गैर आवासीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेढाईले सबै प्रक्रिया पुरा गरी २ जना गैर आवसीयलाई नागरिकलाई नागरिकता वितरण गरेका हुन् । प्रजिअ सेढाईले हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई नागरिकता वितचरण गरेका हुन् ।

विडारी र थापा श्रीमान श्रीमती हुन् । थापा १५ वर्षदेखि र श्रीमती विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । नागरिकता प्राप्त गरेपछि थापाले पुनः नेपाली नागरिकता लिन पाउँदा आफुहरुलाई खुशी लागेको बताए । पुनः नागरिकता लिन पाउँदा विदेशमा रहेपनि देशप्रतिको मायालाई अझ प्रगाढ भएको उनीहरुको भनाई छ ।

गैर आवसीय नागरिकहरुलाई नागरिकता वितरण गर्दा देशमा आर्थिक रुपमा केही फाइदा पुग्ने उनीहरुले बताए । नागरिकता प्राप्त भए पश्चात आफुहरुले देशमा लगानी गर्ने सक्ने वातावरण बनेको र सम्पत्ति किन बेचे गर्न सक्ने अवस्था बनेको उनीहरुले बताए ।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*