सेवा विस्तार गर्दै हेटौंडा अस्पताल

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार ०७:४६

मकवानपुर । मकवानपुरको एकमात्र सरकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गरिरहेको छ । केही दिन अघि मनारोग वार्ड संचालनको उद्घाटन गरेको अस्पतालले एमआरआइ सेवा र मानव अंग प्रत्यारोपण सेवा समेत सुरु गर्ने तयारी गरेको छ ।

बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको उक्त प्रादेशिक अस्पतालले अत्याधुनीक एमआरआइ मेसिन जडानको काम गरिरहेको छ । प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाले उपलब्ध गराएको १.५ टस्ला एमआइआइ अस्पतालले जडान गरी संचालनमा ल्याएको हो ।

नयाँ भवनसहित उक्त एमआरआई संचालनमा ल्याउन केन्द्रले १६ करोड रुपैयाँ खर्च गरेको छ । केन्द्रले युनाइटेड इमेजिङ्गको एमआरआइ टेन्डर खुलाएर सप्लायर्स मार्फत् अस्पताललाई उपलब्ध गराएको हो । हाल उक्त एमआरआई संचालनको लागि हिलियम राख्ने काम भइरहेको छ भने आगामी केही हप्तामा सो काम सम्पन्न भइसंगै संचालनमा आउने हेटौंडा अस्पतालका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।

एमआरआई सेवाको पनि सुरुवात भएसंगै हेटौंडामा नै जटिल रोगको उपचारमा सहजता प्रदान गरेको उनले बताए । उनका अनुसार उक्त एमआरआइ मेसिन संचालनमा आएसंगै दैनिक ४० जना बिरामीहरुलाई सहजै सेवा उपलब्ध गराउन सकिने छ । सो एमआरआइ मेसिन संचालनका लागि ३ जना रेडियोलोजिष्ट र ४ जना रेडियोग्राफर अस्पतालमा रहेको उनले बताए । उक्त जनशक्ति मार्फत् २४ घण्टा नै सेवा दिन सक्ने अवस्थामा अस्पताल रहेको उनको भनाई छ ।

केही समय अघिबाट मात्र अस्पतालमा सिटि स्क्यान सेवासमेत सुरु गरिएको मेसु डा. सापकोटाले बताए । अस्पतालले १२८ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको र हाल २४ सै घण्टा सेवा प्रवाहको काम भइरहेको उनको भनाई छ ।

मिर्गौला प्रत्यारोपण सेवा संचालनको तयारी

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको ५ करोडबढी रकम लागतमा अस्पतालामा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो ।

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा काम अघि बढाएको हो । केन्द्र र अस्पताल बिच सम्झौता अनुुसार हाल मिर्गौला प्रतयारोपणका लागि निर्मलिकरण र मोडुलार आटी (अपरेशन थिएटर) स्थापनाको काम भइरहेको हेटौंडा अस्पलातका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्रसापकोटाले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले यस वर्ष ८ करोडरुपैयाँ बजेट विनियोजन गरेको थियो भने उक्त रकम ठेक्का मार्फत् ५ करोड रुपैयाँमा काम गरेको थियो । टेन्डर मार्फत् अस्पतालमा २ वटा मोडुलर ओटी निर्माण गरीएको र आगामी मंसिरमा सो ओटीको काम सम्पन्न हुने उनले बताए ।

चालु आर्थिक वर्षमा प्रत्यारोपण सेवा संचालन गर्ने उद्देश्य अनुसार काम गरिएको भएपनि प्रदेश सरकारबाट प्रयाप्त मात्रामा बजेट प्राप्त हुन नसकेको उनको भनाई छ । चालु आर्थिक वर्षमा विभिन्न कामहरु गर्न थप ४ करोड रुपैयाँ आवश्यक हुने भएपनि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ मात्र प्राप्त भएको उनले बताए । यद्यप प्रत्यारोपण सेवा सुरु गर्न तर्फ अस्पताल अग्रसर रहेको र बजेटका लागि पहल भइरहेको उनले बताए ।

२५ शैयाको मनोचिकित्सा वार्ड

अस्पतालमा २५ शैया क्षमताको मनोचिकित्सा वार्डको संचालनमा ल्याइएको छ । गत कात्तिक ७ गते प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालको उक्त वार्ड उद्घाटन गरेका हुन् ।

अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्डको सञ्चालनमा ल्याएको हो । समाजमा जटिल बन्दै गएको मानसिक समस्याका व्यक्तिहरुलाई काउन्सिलिङ र उपचार गर्ने उद्देश्य अनुसार अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको मेडिकल सुपेरिटेण्डेन्ट डा. सापकोटाले बताए ।

उनका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनका लागि उद्घाटन गरिएको हो । गत असारबाट अस्पतालमा १ जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपिडी मार्फत् सेवा प्रवाह गर्दै आएको र हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवा दिने अस्पतालले तयारी गरेको हो ।

अस्पतालमा स्थापना गरिएको उक्त वार्डको केही प्राविधिक र व्यवस्थापकीय कामहरु पुरा गर्न बाँकी रहेका छ । सम्पूर्ण कामहरु छिट्टै नै सो वार्डलाई मंसिरबाट पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने उनले बताए । सो वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुल्ला गरिएको उनले बताए ।

सोही वार्डका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्यापन गरेका एक जना एमएसी नर्सिङ अध्ययन गरेकी नर्स अस्पतालमा प्राप्त भएकोले सहजता प्रदान गर्ने उनले बताए । आल उक्त वार्डमा बिरामीहरु अब्जरवेशनमा राखेर उपचार कार्य सुरु गरिएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*