ओमानसँग नेपाल ५ रनले पराजित

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार २०:१०

आईसीसी टी-ट्वेन्टी एसिया छनोटमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको छ । ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए । रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर पभेलियन फर्किए । आसिफ सेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।

त्रिविस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सुदले ३२ रन बनाए । उनले २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै मोहम्मद नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन र आयान खानले १८ रनको योगदान गरे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*