कांग्रेस बागमती प्रदेशको सचेतकमा लम्साल

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार २०:२१

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।

लम्साललाई सचेतकमा असोजमा नियुक्त गरिए पनि सार्वजनिक भए गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

गत पुसमा संसदीय दलको नेतामा निर्वाचित भएसँगै लामाले दोलखाबाट निर्वाचित संासद कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । करिब २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा काफ्लेले जिम्मेवारी सम्हालेका थिए । सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो । राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो ।

सरकारको नेतृत्व माओवादी केन्द्रलाई सुम्पिएको कांग्रेसले सतापक्ष दलको मुख्य सचेतक समेत गुमाएको थियो । सत्तापक्ष भएसँगै कांग्रेसका काफ्लेले पाएको प्रमुख सचेतकको सेवा सुविधा सहित माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालको पोल्टामा परेको थियो । कांग्रेस सांसद काफ्ले सचेतकको जिम्मेवारीमा झरेपछि उनले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिएका थिए । काफ्लेको राजीनामा पछि सो पद रिक्त अवस्थामा रहेको थियो । नेता लामाले काफ्लेको राजीनामा स्वीकृत गर्दै सोही पदमा लम्साललाई नियुक्त गरेका हुन् ।

लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*