क्रिकेट टोलीलाई बधाईको ओइरो

संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार १८:०९

१७ कार्तिक, हेटौँडा । नेपाली क्रिकेट टोली टी–ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ व्यक्तिको बधाइ दिएका छन् ।
आज शुक्रबारको खेल जितेपछि प्रधानमन्त्रीले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका हुन् । उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना गर्दै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले पनि बधाइ दिँदै आगामी यात्राको लागि शुभकामना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*