नक्कली पेस्तोल देखाएर धम्क्याउने प्रहरी फन्दामा

संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार १८:२९

१७ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले शुक्रबार नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई धम्क्याउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा १५ शिखरपानी बस्ने अन्दाजी १९ वर्षका साजन स्याङ्तानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार शिखरपानी क्षेत्रमा प्लास्टिकको नक्कली पेस्तोल देखाइ धम्क्याउने गरेको भन्ने सूचनाको आधारमा स्याङ्तानलाई पक्राउ गरिएको हो ।
प्रहरीले स्याङ्तानलाई नक्कली पेस्तोलसहित नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए । स्याङ्तानलाई जिल्ला अदालतबाट सात दिनको म्याद गरी आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*