जाजरकोट भूकम्पः ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

संवाददाता
१८ कार्तिक २०८०, शनिबार ०७:५०

१८ कार्तिक, हेटौँडा । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट १ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा सबैभन्दाबढी क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिएको छ । यस्तै रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिएका छन् । उनले अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भैरहेको बताए ।
कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*