उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको आग्रह

संवाददाता
१८ कार्तिक २०८०, शनिबार ०८:०२

१८ कार्तिक, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
उनले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयद्वारा सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा गरी अहिलेसम्म १ सय बढीको मृत्यु भएको छ भने सयौं घाइते भएको खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*