जाजरकोट भुकम्पमा उद्धार र राहतमा जुट्न बानियाँको आग्रह

संवाददाता
१८ कार्तिक २०८०, शनिबार ०८:१५

१८ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सांसद इन्द्रबहादुर बानियाँले जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानविय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति बानियाँले सामाजिक सञ्चालमार्फत भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको उद्धार, उपचार र राहतको लागी सबैसँग आग्रह गरेका छन् ।
उनले भुकम्प प्रभावितहरूको राहत र उद्धारका लागि सरकार, विभिन्न संघसंस्था, प्रदेश एवं स्थानीय सरकार, प्रशासन, राजनीतिक दल एवं नागरिक समाजसँग आग्रह गरेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एकसयबढीका ज्यान गएको छ भने भूकम्पका कारण जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*