भुकम्प पीडितलाई बागमती सरकारको एक करोड ५० लाख सहयोग

संवाददाता
१८ कार्तिक २०८०, शनिबार १२:१२

१८ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले जाजरकोट भुकम्प पीडितलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
गएराती कर्णालि प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको थियो ।
उक्त भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पिडितहरुको लागी  राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकार मार्फत वितरण गर्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*