मकवानपुरको थाहामा ‘थाहा महोत्सव’ सुरु

नागरिकले विकास र समृद्धि खोजेका छन्ः मुख्यमन्त्री जम्कट्टेल
संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ०८:०७

१५ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा बिहीबारबाट ‘थाहा महोत्सव’ सुरु भएको छ । थाहा नगर उद्योग वाणिज्य संघको आयोजना सुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै उनले मेलाले उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उक्त अवसरमा मुख्यमन्त्री जम्कट्टेलले अबको बहस विकास र समृद्धिका मुद्धामा केन्द्रीत हुनुपर्ने बताए ।
नागरिकले विकास र समृद्धि खोजेको उनको भनाई थियो । उनले जनताको चाहाना अनुसार सरकारहरुले काम गर्नुपर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा व्यवस्था परिवर्तन भन्दा पनिको बहस भन्दा पनि विकास र समृद्धिका मुद्धामा छलफल केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासको लागी काम गर्न आवस्यक छ । हामीले त्यसको सुरुवात गरिसकेका छौं । पछिल्लो समयमा आएको आर्थिक मन्दिलाई नियन्त्रण गर्न र आर्थिक विकासलाई गति दिन उत्पादनमा जोड आवस्यक छ । त्यसका लागि बागमती सरकारले आफ्नो तर्फबाट प्रदेशमा काम गरिरहेको छ,’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले विकास र समृद्धिका मुद्धामा एकजुट भएर हिड्न पनि सबैलाई आव्हान गरे । प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागु गर्ने तयारी गरिरहेको जानकारी दिए । यसका लागी स्थानीय तहहरुको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनको भनाई छ ।
उनले समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसँंग कृषक, निजी क्षेत्र र सहकारीहरुलाई जोड्ने र कृषि उत्पादनको बृद्धिसँगै त्यसको बजारीकरणमा पनि सहयोग गर्ने दावी गरे । मुख्यमन्त्री जम्कट्टेलले देशमा हुने यस्ता मेला महोत्सवले पनि देशमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग पु¥याउँने विश्वास व्यक्त गरे ।
१० दिनसम्म चल्न महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहेका थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । कार्यक्रममा मकवानपुरका संघीय सांसद महेश बर्तौला, बागमती प्रदेशकी सामाजिक मन्त्री कुमारी मोक्तान, प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तु लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*