कांग्रेस बागमती प्रदेश सम्मेलन पुस ७ मा

संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ०८:१३

१५ मङ्सिर, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको पहिलो सम्मेलन आगामी पुस ७ गते काठमाडौंमा हुने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमतीको सम्मेलन हुन लागेको हो ।
कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन भएको छ ।
राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकमा उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमितिमा महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*