मोटरसाइकल दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु

संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ०८:१९

१५ मङ्सिर, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
पालिकाको वडा नम्बर २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौरा बाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तिनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरगढी २ कुर्ले पाखाका ३५ वर्षीय भिम बहादुर स्याङतान, उनकी श्रीमती ३४ वर्षकी रुपा स्याङतान र निजकी अन्दाजी ४÷५ महिनाकी छोरी रहेका छन् ।
मोटरसाइकलको पछाडी सवार रुपा र छोरीको घटनास्थलमै र मोटरसाइकल चालक भिम बहादुको उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते स्याङतानको हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी चितवन लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*