पालुङको जेसीज सप्ताहव्यापी कार्यक्रम सम्पन्न

संवाददाता
१८ मंसिर २०८०, सोमबार ०६:४४

१८ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा कृयाशिल पालुङ जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष एवम् थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
उपमेयर गोपालीले थाहाको विकासमा जेसीजलाई साथै लिएर अघि बढ्ने बताए । यहाँका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै थाहा नगरको सर्वाङ्गिण विकासमा आफूहरु लागिपरेको उनको भनाई थियो ।
कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, देवचुली जेसीज अध्यक्ष गणेश सापकोटा, हेटौंडा लेडी जेसीज अध्यक्ष दिलु घर्ती, पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाई कार्की र धर्मलाल प्रधान, मुल कार्यक्रम संयोजक अन्जय प्रधान, कार्यकारिणी उपाध्यक्ष दीपा बल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेसीज सप्ताहको समापनमा स्थानीय क्याम्पस प्रमुख भएकी विद्यार्थी अनुषा प्रधान, डाक्टरद्वय गगन कार्की र पवन कार्की, स्वर्ण पदक विकेता खेलाडी रोजन मोक्तान र थाहा नगर उद्योग वाणिज्य संघमा निर्वाचित जेसीजका पदाधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बस्तिपुर जेसीज अध्यक्ष प्रेमबहादुर गोङ्बा, मकवानपुरगढी जेसीज प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी, चैनपुर जेसीज प्रस्तावित अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*