बागमतीमा सर्वदलीय बैठकः बिना निश्कर्ष टुंगियो

मुख्यमन्त्री गैरजिम्मेवार भएको प्रतिपक्षीको आरोप
संवाददाता
१८ मंसिर २०८०, सोमबार ०६:४९

१८ मङ्सिर, हेटौँडा । बागमती प्रदेशसभा अन्तर्गत विषयगत समितिहरुलाई पूर्णता दिने बिषयमा सहमती जुटाउँन आइतबार हेटौँडामा बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आग्रहमा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको पहलमा बसेको बैठक करिब दुईघण्टा चलेको थियो । बैठकमा बिषयगत समितिको सभापति चयन, हिउँदे अधिवेशन आव्हान र प्रतिपक्षी दलहरुसँग गरेको सहमती कार्यान्वयनका बिषयमा एजेण्डा तय भएको थियो ।
तर कुनैपनि बिषयमा ठोस छलफल नै हुन नसकेको प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सत्तापक्ष दलहरु तयारी बिना बैठकमा सहभागी भएका कारण सहमती जुट्न नसकेको आरोप लगाए ।
‘सत्तापक्ष बैठकमा गैरजिम्मेवार रुपमा प्रस्तुत भयो । जसको आव्हानमा बैठक बसेको हो उहाँहरु नै बिना तयारी बैठकमा उपस्थित हुनुभएको थियो । बैठकमा के भन्ने के गर्ने भन्ने कुरामा सत्ता पक्ष नै तयार थिएन । यस्तोमा बैठकमा सहमती हुने त कुरै भएन्,’ उनले भने ।
नेता थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठकको बिचैबाट उठेर हिँडेको भन्दै आक्रोस व्यक्त गरे । ‘सरकारलाई विगतमा प्रतिपक्षी दलहरुसँग गरेको सहमतीको कुनै मतलब छैन । उहाँहरु एनजिओ शैलीमा सरकार चलाउँदै हुनुहुन्छ । सरकारले आफ्ना कार्यकर्तालाई पोस्ने भन्दा अरु काम नै गरेन । जनताको पिर मर्कामा उहाँहरुलाई कुनै मतलब नै छैन,’ नेता थपलियाले असन्तुष्टि व्यक्त गरे ।
यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने आजै सहमतीमा पुग्न नसकिएको भएपनि अर्को बैठक बसेर सहमती मै विषयगत समितिहरुको सभापति चयन प्रकृया टुंगोमा पु¥याउँने दावी गरे । उनले बैठकमा समितिको सभापति चयन, प्रतिपक्षीका माग र हिउँदे अधिवेशनका बिषयमा छलफल भएको बताए ।
‘हामीले बैठकका एजेण्डाहरुमा छलफल ग¥यौ, सहमतीमा भने पुग्न सकिएन । तर पुनः बैठक बस्नेगरी आजको बैठक सकियो । केहि दिनमा पुनः बैठक बसेर सहमती गर्छौ,’ उनले भने ।
केहि दिनमा पुनः बैठक बसेर समितिको सभापति चयन लगाएतका अन्य बिषयमा सहमती खोजिने मुख्यमन्त्री जम्कट्टेलको दावी छ । उनले समितिको सभापति चयन प्रकृयाका बिषयमा सहमती खोज्ने, सहमती हुन नसके प्रकृया अनुसार नै सभापति चयन प्रकृया टुंग्याउँने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*