सबै वाद भन्दा मानवतावाद ठूलोः इन्द्रबहादुर बानियाँ

संवाददाता
३० मंसिर २०८०, शनिबार १९:१३

३० मङ्सिर, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सबैभन्दा ठूलो वाद मानवतावाद भएको बताएका छन् ।
शनिवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रमको नवनिर्मित भवन उद्घाटनपछिको कार्यक्रममा बोल्दै उनले अरु वाद छोडेर मानवता वादतिर लागे मात्रै मानव कल्याण हुने बताएका छन् ।
उनले राजनीतिक दलहरुको मुल्य र मान्यता अन्य वादहरुमा भन्दा पनि अब मानवतावाद तर्फ केन्द्रीत हुनु आवस्यक रहेको औल्याए । राजनीति पनि मानव सेवा कै लागि हुनु पर्ने उनको भनाई थियो ।
उनले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताए । मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरु धर्मको आस्थाका केन्द्र भएपनि सबै धर्मको सार मानवसेवा नै रहेको नेता बानियाँले बताए ।
मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश विश्वभर फैलिएको उनले भनाई छ । राज्यले गम्भिर ढंगबाट मानव सेवाको कामलाई अघि बढाउन जरुरी रहेको उनले बताए । सडक मानव मुक्त देश निर्माण अभियानमा राज्यले आफ्ना योजनाहरु केन्द्रीत गर्नुपर्ने सभापति बानियाँले जोड दिए ।
नेता बानियाँले मानवसेवा आश्रमको अभियानलाई सरकारले गम्भिर ढंगबाट हेर्नु पर्नेमा जोड दिदै देशको ध्यान मानवतावाद तर्फ खिच्न मानवसेवा आश्रमको अभियानमा सरकारले साथ दिनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण समेत गराए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*