नेता बानियाँले गरे महादेव मन्दिरको मुर्ति अनावरण तथा गोल्मेराजा दरबारको समुदघाटन

संवाददाता
११ पुष २०८०, बुधबार ०६:४४

११ पौष, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ मंगलबार गोल्मेराजा दरबारस्थित किराँतेश्वर महादेव मन्दिर एवं पुरातात्विक गोल्मेराजा दरबारको समुदघाटन गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा रहेको गोल्मेराजा दरबारस्थित किराँतेश्वर महादेव मन्दिर एवं पुरातात्विक गोल्मेराजा दरबारको अनावरण एवं उद्घाटन गरेका हुन् ।
कार्यक्रम गोल्मेराजा दरबार संरक्षण एवं पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष जयबहादुर राईको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि बानियाँले ऐतिहासिक पुरातात्विक महत्वको गोल्मेराजा दरबारको संरक्षण र मन्दिरको आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले दरवारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने पनि बताए ।
गोल्मेराजा दरबारस्थित किराँतेश्वर महादेव मन्दिर एवं पुरातात्विक गोल्मेराजा दरबारको प्रदेशसभा सदस्य बानियाँको पहलमा प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपियाँ बजेटबाट ऐतिहासिक गोल्मेराजा दरबारको घेराबारा र मन्दिर निर्माण गरिएको छ ।
कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, बागमती गाउँपालिका ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, गोल्माराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*