बागमती प्रदेशको लोक सेवा आयोगद्धारा एकैपटक ११ सय भन्दा बढी कर्मचारी माग (सुचना)

संवाददाता
८ माघ २०८०, सोमबार ०८:४६

बागमती प्रदेशको लोक सेवा आयोगले एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग गरेको छ । लोक सेवा आयोगले आज सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ । विभ्रिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगले जनाएको छ ।

यी पदहरुमा इच्छुक नेपालीहरुले माघ २८ गतेसम्म दरखास्त बुझाउने सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*