मनहरीमा ५ दलले निर्माण व्यवसायीको अपमान गरेको ठहर

१४ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा ५ राजनीतिक दलहरुले निर्माण व्यवसायी संघलाई अपमान गरेको आरोप बताएको छ ।
मनहरीमा रहेका ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । मनहरी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले ११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघद्वारा जारी विज्ञप्तिमा निर्माणको जिम्मा पाएको कम्पनीसँग कानुनी रुपमा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद समेत व्यक्त गरिएको छ ।
संघका अध्यक्ष बालगोपाल कँडेलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विना आधार सम्बन्धित पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको संघले भत्सर्ना गर्ने बताए ।