टी–२० शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

संवाददाता
२१ फाल्गुन २०८०, सोमबार ०७:१०

२१ फागुन, हेटौंडा । जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिक क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि फाइनलमा नेपालसँग नेदरल्यान्ड्सको भिडन्त तय भएको हो ।
खेल रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका हुन् । ४ खेलबाट ५ अङ्क भएको नेदरल्यान्ड्स विजेता बन्दै फाइनल पुगेको हो भने ४ अङ्क भएको नेपाल उप–विजेताका रूपमा अगाडि बढेको हो ।
नामिबियाको ४ खेलबाट केवल ३ अङ्क भयो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन जोडेपछि खेल वर्षाका कारण रोकिएको हो । त्यसपछि खेल सञ्चालन हुन सकेन ।
सुरुका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्ड्सले सुरुका दुवै खेल जितेको थियो भने तेस्रो खेलमा नेपालसँग हार ब्यहोरेको थियो । फाइनल खेल भोली मंगलबार हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*