पदमपोखरी अस्पतालका लागि प्रयोगशाला मेसिन सहयोग

संवाददाता
५ चैत्र २०८०, सोमबार ११:३७

मकवानपुर/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थित पदमपोखरी अस्पतालका लागि प्रयोगशाला मेसिन सहयोग प्राप्त भएको छ । मेडिका इन्टरप्राईजेज भरतपुर चितवनका प्रोप्राईटर शिव हमालले हेटौँडा उपमहानगरपालिकामार्फत पदमपोखरी अस्पतालका लागि प्रयोगशाला मेसिन सहयोग गरेका हुन् । हमालले उपमहानगर हातामा मेसिन हस्तान्तरण गरेका छन् ।

पदमपोखरी अस्पतालमा प्रयोगशाला सञ्चालनका लागि अत्यावश्यक रहेको हेमाटोलोजी र प्रोटिन अटो एनालाईजर तथा रिजेन्टहरुसहित करिब ८ लाख बराबरको मेसिन सहयोग प्राप्त भएको हो ।

वि.सं. २०५६ मा स्थापना भएको पदमपोखरी स्वास्थ्य चौकीलाई हेटौँडा उपमहानगरपालिकाले अस्पतालको रुपमा स्त्तरोनत्ति गरेसँगै हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले २०८० माघ ५ गते औपचारिक रुपमा उद्घाटन गरेकी थिईन् । ५ बेडसहित २०८० पुस १७ गतेदेखि अस्पतालले सेवा थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*