चेपाङ बाहुल्यता रहेको विद्यालयमा एक्सपर्टको शैक्षिक तथा खेलकुद सामग्री

संवाददाता
२४ भाद्र २०८१, सोमबार १८:४८

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले मकवानपुरको एउटा सामुदायिक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको सामग्री आज (सोमबार) एक कार्यक्रमकाबीच विद्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।

मकवानपुरको मनहरी–३ सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा पुगेर एक्सपर्टले उक्त सामग्री हस्तान्तरण गरेको हो । उनीहरुलाई फुटबल, क्रिकेट, भलिबललगायतका खेल सामग्री प्रदान गरिएको थियो । एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर प्रजा र प्राधानाध्यापक तुलबहादुर सुनारलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेन्ट म्यानेर विनोदबाबु रिजाल, एक्सपर्ट हेटौंडाका शाखा प्रमुख अच्युत चालिसे, दिपक बर्तौला, शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर घलान, शिक्षक प्रतिनिधि राधिका पौडेललगायतको उपस्थिति रहेको थियो । चेपाङ बाहुल्यता रहेको उक्त विद्यालयमा हाल ८ कक्षासम्म ३३२ विद्यार्थी अध्ययनरत छन् ।

सो क्रममा बोल्दै एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वार्षिकोत्सवको अवसरमा पारेर विकट ठाउँमा स्रोत र साधनको कमी भएका विद्यालयहरुलाई यसरी नै शैक्षिक तथा खेलकुदका सामग्री सहयोग गर्दै आइरहेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

विद्यालयका अध्यक्ष हिराबहादुर प्रजाले विद्यालयको स्रोत नभएकाले यस्ता सामग्रीहरु ख्रिद गर्न कठिन हुने भन्दै यो सहयोगले ठूलो काम गरेको बताए । विपन्न र पछाडी पारिएका समुदायका बालबालिका अध्ययन गर्ने ठाउँमा एक्सपर्टले सम्झनु नै ठूलो कुरा भएको बताए ।

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*