बागमती सरकारले बाढी पहिरोबाट मृत्यु भएकालाई जनही २ लाख रुपैयाँ दिने

संवाददाता
१५ आश्विन २०८१, मंगलवार ०७:३३

बागमती प्रदेश सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरूप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको बैठकले विपदमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।

बैठकले अस्थायी आवास निर्माणको लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको छ । बैठकले विपद्जन्य घटना सम्बन्धमा छलफल गर्दा तत्काल उद्धार राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको निर्णय गरेको छ भने भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने, बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*