मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजय भएका छन्। अध्यक्षका अर्का प्रत्याशी अनिल अग्रवाललाई २४९ मतको अन्तरले पराजित गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। शनिबार बिहान सम्पन्न मतगणनामा रानाभाटले एक हजार १४ मत प्राप्त गर्दा अग्रवालले ७९५ मत प्राप्त गरे।
अधिकांश पदाधिकारीमा रानाभाट प्यानलकै उम्मेदवार विजयी भएका छन्। संघको महासचिवमा प्रतिमा श्रेष्ठ एक हजार १२ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत पाए। यसैगरी, कोषाध्यक्ष पदमा तेजराज अधिकारी ९१७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी श्रीकृष्ण कर्माचार्य भाइले ८०१ मत प्राप्त गरे। यस्तै, सहकोषाध्यक्षमा नीलम वैद्य ९१६ मतसहित विजयी हुँदा राधिका सामरी पाण्डेले ७८९ मत पाइन्।
संघको चार उपाध्यक्षहरूमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाईं र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका छन्। चार सचिवहरूमध्ये उद्योगतर्फ रूपकराज दाहाल र एसोसिएटमा माधव ज्ञवाली यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। वाणिज्यतर्फको सचिवमा कुलप्रसाद चौलागाईं विजयी हुँदा वस्तुगततर्फको सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले समान १३ मत ल्याएका छन्।
संघको सदस्यहरूमा राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, कृष्णगोपाल महर्जन, जगदीश दाहाल, भूपेन्द्रप्रसाद अधिकारी, सीतादेवी भेटवाल, अंकिता सुमार्गी, नवराज खतिवडा, शम्भु पुडासैनीलगायतका विजयी भएका छन्।
अध्यक्षमा विजयी भएका रानाभाटले आफ्नो जितलाई व्यवसायीहरूको जितको रूपमा बुझिदिन आग्रह गरेका छन्। उनले संघको गरिमालाई कामय राख्दै उद्योगी व्यवसायीको हितमा केही नयाँ र स्मरणयोग्य काम गर्ने बताएका छन्।