कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा.शङ्कर शर्माबिच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका सभापति बानियाँ र राजदूत डा.शर्माबिच भारतीय राजदूतावासमा बुधवार बिहान भेटवार्ता भएको हो ।
भारतका लागि नेपाली राजदूत डा.शर्माले दुई देशबिच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परेमा राजदूतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गरे । नेपाली व्यवसायीहरूको विभिन्न समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने उनले बताए ।
राजदूतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानून तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदूतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेल तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।